सयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि भटराइलाई फिर्ता आउन सरकारको निर्देशन
काठमाडौ, २५ असार । सरकारले संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई फिर्ता बोलाएको छ । पुर्ववर्ती शेर वहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय नियुक्ती खारेज गर्दै अघि बढेको सरकारले भट्टराईलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।४ बर्ष अघि संयुक्त राष्ट्रसंघको स्थाइ प्रतिनिधिमा नियुक्त भटराइले देउवा सरकारको पालमा दोस्रो पटक कार्यकाल दोहोराउने अवसर पाएको १ बर्ष पुरा हुँदै थियो । यसै गरी बैठकले राजदूत नियुक्त गर्ने सम्वन्धी मापदण्ड २०७५ लाई स्वीकृत गरेको छ ।



