Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेप्से व्यवस्थापन समाल्न अर्थमन्त्रालयका उपसचिव अर्याल

नेप्से व्यवस्थापन समाल्न अर्थमन्त्रालयका उपसचिव अर्याल

काठमाडौ,२५ असार । सरकारले नेपाल स्टक एक्सचेन्ज(नेप्से)को व्यवस्थापन समाल्नको लागि मन्त्रालयका उपसचिव रमेश अर्याललाई पठाएको छ । उनले आजबाट नेतृत्व समाल्दै छन् । बुधबार मन्त्रीपरिषद् बैठकले शेरबहादुर देउवाको नेतृत्वमा सरकारले गरेका सवै राजनीतिक नियुक्ती खारेज गरेसँगै नेप्सेको नेतृत्व खाली भएको थियो ।

तत्कालको लागि नेप्सेको व्यवस्थापन समाल्न अर्थमन्त्रालयका उपसचिव रमेश अर्यालाइ पठाइएको राजस्व सचिव शिशिर ढुंगानाले जानकारी दिए । उनका अनुशार अर्यालले नयाँ नियुक्ती नहुँदासम्म नेप्सेमा सिइओको जिम्मेवारी समाल्नेछन् ।

यता नेप्सेका निवर्तमान महासचिव चन्द्रसिंह साउद भने आफु राजनीतिक नियुक्ती भन्दा पनि प्रतिस्पर्धाको प्रकृयाबाट आएको भन्दै सरकारी निर्णय विरुद्ध अदालत जाने मनस्थितमा रहेको उनि निकटहरुले बताएका छन् । नेप्से महाप्रवन्धकमा  चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोजकुमार ज्ञवाली छनौंट गरेर अर्थको सिफारिसमा सरकारले साउदलार्इ महाप्रवन्धकमा नियुक्त गरेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x