बुधबार अदुवाकाे मूल्य २६ रूपैयाले घट्दा, स्वदेशी लसुनकाे मूल्य २८ रूपैयाँले बढ्याे
काठमाडाैं, १८ असार । कालिमाटी फलफूल तथा तरकारी बजारमा बुधबार अदुवाकाे मूल्य प्रतिकिलाे २६ रूपैयाले घटेकाे छ । मंगलबार २६६ प्रतिकिलाे बिक्रि भएकाे अदुवा बुधबार २४० रूपैयाँ ताेकिएकाे हाे ।
यस्तै कालिमाटी फलफूल तथा तरकारी बजारमा आज स्वदेशी लसुनकाे मूल्य भने किलाेमा २८ रूपैयाँले बढेकाे छ । मंगलबार प्रतिकिलो १९५ रुपैयाँमा बिक्री भएको स्वदेशी लसुनकाे मूल्य बुधबार २२३ रुपैयाँ ताेकिएकाे छ ।
यस्तो छ बुधबारको तरकारीको थोक मूल्य
स्वदेशी ठूलो गोलभेडा ६६.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ भने स्वदेशी सानो गोलभेडा २२.५०, स्वदेशी टनेल सानो गोलभेडा ३२ बिक्री भइरहेको छ ।
यस्तै रातो आलु ६०, मुढे रातो आलु ५०, प्याज ९०, गाजर ६५, बन्दा २१.६०, स्थानीय काउली ७५, स्थानीय ज्यापु काउली ८६.६७, सेतो मुला ५६ र लाम्चो भान्टा ३६ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
बजारमा तने बोडी ४६, घिउ सिमी ७०, घिउ सिमी राजमा १२५, तिते करेला ४६, लौका ६४, परवर ३१, घिरौला ६६, झिगुनी ४५, पाकेको फर्सी ३७, हरियो डल्ले फर्सी ३५ र भिण्डी ७८ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
त्यसैगरी स्कुस ५५, रायो साग ५६.६७, तोरीको साग ४५, कन्ये चयाउ ११४, डल्ले च्याउ २८०, राजा च्याउ २९०, न्युरो साग ८५, ब्रोकाउली १५०, कटहर ४५, अदुवा २४०, भेडे खुर्सानी ४६, अकबरे खुर्सानी ३५० र स्वदेशी लसुन २२३ रुपैयाँ प्रतिकिलो थोकमा बुधबार बिक्री भएको छ ।