Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

जोन्टा क्लब काठमाडौंलाई एक्सिलेन्स सर्भिस एण्ड एड्भाेकेसी अवार्ड

जोन्टा क्लब काठमाडौंलाई एक्सिलेन्स सर्भिस एण्ड एड्भाेकेसी अवार्ड

काठमाडौं, २७ असार । जोन्टा क्लब काठमाडौंलाई २९ जुनमा ब्रिसबेन, अस्ट्रेलियामा आयोजित ६६औं जोन्टा अन्तर्राष्ट्रिय सम्मेलनमा ६४देशका करिब १,७०० सम्मेलन सहभागीहरूको उपस्थितिमा प्रतिष्ठित जोन्टा Excellence in Service and Advocacy Award प्रदानगरियो। जोन्टा क्लब काठमाडौंलाई जोन्टा अन्तर्राष्ट्रियका १,१३३क्लबहरूमध्ये उत्कृष्ट ६ क्लबहरूमध्ये एकको रूपमा यो विशिष्टपुरस्कार प्रदान गरिएको थियो ।

यो पुरस्कार जोन्टा अन्तर्राष्ट्रियका अध्यक्ष Ute Scholtz ले जोन्टाक्लब काठमाडौंको अध्यक्ष आभा शाहलाई प्रदान गरिन्। यो सम्मानलेजोन्टा क्लब काठमाडौं ले महिलाहरू को हक हित तथा जीवनसुधार्नका लागि गरिएका अर्थपूर्ण परियोजनाहरू र साथॅक पहलहरूकोप्रतिबद्धता र समर्पित प्रयासहरूलाई उजागर गर्दछ।

“हामी यो पुरस्कार प्राप्त गर्दा अत्यन्त गर्व महसुस गरिरहेका छौं । योहाम्रो सदस्यहरूको कठिन परिश्रम र समर्पणको प्रमाण हो जसले हाम्रोसमुदायमा फरक पार्न प्रयास गर्छ। हामी महिलाहरूलाई सबल तथासशक्त बनाउन र लैङ्गिक समानताका लागि वकालत गर्नका लागि , हाम्रो साथॅक प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्छौं,” अध्यक्ष-आभा शाह जोन्टा क्लब।

जिल्ला २५ की गभर्नर श्रीजना राणाको नेतृत्वमा नेपालबाट आठसदस्यीय प्रतिनिधिमण्डल २७-३० जुनमा आयोजित सम्मेलनमासहभागी भएका थिए। नेपालको प्रतिनिधिहरूमा आभा शाह, मीराज्योति, बीना राणा, नीलिमा श्रेष्ठ, मोनिका थापा, बिनिता नेपाली, रसिल्भिया बस्याल सामेल थिए।

जोन्टा क्लब काठमाडौंको यो सम्मानजनक अन्तर्राष्ट्रिय मञ्चमा भएकोमान्यताले जोन्टा क्लब काठमाडौं ले महिलाहरू को हक हित तथाजीवन सुधार्नका लागी गरिएको कार्यको प्रभावलाई उजागर गर्दछ रजोन्टा अन्तर्राष्ट्रियको मिशनसँग यसको संलग्नतालाई प्रमाणित गर्दछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x