५२.९७ अंकले बढ्याे नेप्से, ७ अर्ब ६२ करोडमाथिको सेयर कारोबार
काठमाडाैं, ३० असार । साताकाे पहिलाे काराेबार दिन आइतबार सेयर बजारमा हरियाली छाएकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ बिन्दुमा पुगेको छ।
यस दिन कारोबार भएको बजारमा कुल ३ सय ९ कम्पनीको २ करोड २० लाख ४७ हजार ३ सय २७ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६२ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज कुल २०१ कम्पनीको सेयर मूल्य बढेकाे छने ३६ कम्पनीको मूल्य घटेकाे छ । यस्तै ५ कम्पनीको मूल्य स्थिर रहेकाे छ ।
रिद्धि पावर कम्पनी र मन्धु हाइड्राेपावरकाे सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेकाे छ।