Date

शुक्र, मंसिर ७, २०८१
Fri, November 22, 2024

अर्थ मन्त्रालयबाट बिदा हुँदै पुनले भनेः छोटो समयमा पनि अर्थतन्त्रलाई सुधार्ने प्रयास गरेँ

अर्थ मन्त्रालयबाट बिदा हुँदै पुनले भनेः छोटो समयमा पनि अर्थतन्त्रलाई सुधार्ने प्रयास गरेँ

काठमाडाैं, ३० असार । आइतबार अर्थ मन्त्रालयबाट अर्थमन्त्री वर्षमान पुनको बिदाइ गरिएको छ। २०८० फागुन २३ गते जिम्मेवारी लिएका पुनकाे २०८१ असार ३० मा बिदाइ गरिएकाे हाे ।

बिदाइ समारोहमा अर्थ मन्त्रालयका कर्मचारीहरू, नेपाल राष्ट्र बैंकका गभर्नर, भन्सार विभागका प्रमुखहरू, आन्तरिक राजस्व विभागका महानिर्देशकहरू लगायतका उच्च अधिकारीहरूको उपस्थिति थियो।

बिदाइ समारोहमा मन्तव्य राख्दै पुनले आफ्नो कार्यकालमा सही नियतले काम गरेको र अर्थतन्त्र सुधारमा योगदान पुर्‍याएको बताए। छोटो समयको कार्यकालमा अर्थतन्त्रलाई सुधार्ने प्रयासमा लागेको उनले बताए ।

गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त नगरेसँगै नयाँ सरकार प्रक्रिया अघि बढेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x