Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

११ महिनामा ९.१ प्रतिशतले बढ्याे विस्तृत मुद्राप्रदाय

११ महिनामा ९.१ प्रतिशतले बढ्याे विस्तृत मुद्राप्रदाय

काठमाडाैं, ३० असार । आर्थिक वर्ष २०८०÷८१ को एघार महिनामा विस्तृत मुद्राप्रदाय ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ७.७ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ जेठ मसान्तमा विस्तृत मुद्राप्रदाय १२.७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु.४२५ अर्ब ६७ करोड (२९.२ प्रतिशत) ले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.२२४ अर्ब ९० करोड (१९.५ प्रतिशत) ले बढेको थियो।

समीक्षा अवधिमा सञ्चित मुद्रा २.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ३.१ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ जेठ मसान्तमा सञ्चित मुद्रा ९.८ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x