Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

पदभार ग्रहण गर्दै नव नियुक्त अर्थमन्त्री पाैडेलले भने: निराशा चिर्ने र आशा जगाउने काममा केन्द्रित हुन्छाैँ

पदभार ग्रहण गर्दै नव नियुक्त अर्थमन्त्री पाैडेलले भने: निराशा चिर्ने र आशा जगाउने काममा केन्द्रित हुन्छाैँ

काठमाडौं, ३१ असार । नव नियुक्त अर्थमन्त्री विष्णु पाैडेलले साेमबार अपरान्ह कार्यभार सम्हालेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएलगत्तै सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

कार्यभार सम्हाल्दै मन्त्री पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेका छन्। यससँगै अब ब्लेन्डेड फाइन्यान्स, ग्रीन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले त्यस्तो स्रोत लिन सहज हुनेछ।

अर्थमन्त्री पाैडेलले टुटेको आत्मविश्वास हटाएर जनतामा नयाँ आशा भर्ने नयाँ सरकारको उद्देश्य रहेको बताए । खास गरि उत्पादन, राेजगारी, आर्थिक वृद्धि जस्ता जस्ता क्षेत्रमा अघि बढ्न अनुकुल परिस्थिति निर्माण गर्ने उनकाे भनाइ छ ।

उनले लामाे समयदेखि शिथिल अवस्थामा रहेकाे अर्थतन्त्र चलायमान बनाउनु, गतिशिल बनाउनु र अर्थतन्त्रका सबै क्षेत्रहरूलाइ एकसाथ प्रभावकारी ढङ्गले परिचालित गर्ने साेचका साथ अघि बढ्ने बताए । यस्तै नीजि क्षेत्रकाे समस्या समाधानका लागि पनि सहकार्य गर्ने बताए ।

यस्तै उनले पछिल्ला केही दिनमा सेयर बजारमा उत्साह देखिएको भन्दै आगामी दिनमा पनि बजार सन्तुलित ढंगले अघि बढाउने गरी काम गर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x