Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

आर्थिक वर्ष २०८०/८१ मा घरजग्गा कारोबारमा झिनाे सुधार

आर्थिक वर्ष २०८०/८१ मा घरजग्गा कारोबारमा झिनाे सुधार

काठमाडाैं, ३ साउन । गत आर्थिक वर्ष २०८०/८१ मा घरजग्गा कारोबारमा केहि सुधार देखिएको छ । आव २०७९/८० को तुलनामा गत आव घरजग्गा कारोबारमा हुने लिखित पारित १५.६२ प्रतिशतले बढेर ५ लाख ३५ हजार ६ सय ७ पुगेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।

यसअघि २०७८/७९ को तुलनामा गत आव लिखत पारित ३८ प्रतिशतले घटेर ४ लाख ६३ हजार ३ सय २२ मा सीमित थियो । २०७८/७९ मा ७ लाख ४५ हजार लिखत पारित भएको थियो ।

२०७८/७९ को तुलनामा जग्गा कारोबारमा केही सुधार भए पनि २०७८/७९ को तुलनामा याे न्युन हाे ।

आर्थिक वर्ष २०८०/८१ को अन्तिम महिना अर्थात् असारमा देशभर ४४ हजार पाँच सय ७९ संख्यामा घरजग्गा कारोबार भएको विभागको तथ्यांकले देखाएको छ।असारमा सरकारलाई घरजग्गा कारोबारबाट पाँच अर्ब रूपैयाँ राजस्व प्राप्त भएको छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x