Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

तेस्राे त्रैमासमा आर्थिक वृद्धिदर २.२ प्रतिशतमा खुम्चियाे, निर्माण क्षेत्र ११.२ प्रतिशतले ऋणात्मक

तेस्राे त्रैमासमा आर्थिक वृद्धिदर २.२ प्रतिशतमा खुम्चियाे, निर्माण क्षेत्र ११.२ प्रतिशतले ऋणात्मक

काठमाडाैं, ३ साउन । गत आर्थिक वर्ष २०८०/८१ काे तेस्राे त्रैमासमा आर्थिक वृद्धिदर २.२ प्रतिशतमा खुम्चिएकाे छ ।

यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही त्रैमासको तुलनामा भएको कुल गार्हस्थ उत्पादनको वृद्धिदर हो । आव २०७९/८० को तेस्रो त्रैमासमा अर्थतन्त्रको विस्तार २।५ प्रतिशत थियो ।

कृषिबाहेकका चार महत्वपूर्ण क्षेत्रमा एकसाथ ऋणात्मक वृद्धिदर भएकाले समग्र वृद्धिदर घटेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएकाे छ ।  यस अवधिमा व्यापार, उत्पादनमूलक उद्योग, निर्माण, खानी तथा खनिज क्षेत्रमा ऋणात्मक वृद्धिदर देखिएको छ ।

यस अवधिमा निर्माण क्षेत्र सबैभन्दा धेरैले ११ दशमलव २ प्रतिशतले ऋणात्मक बनेकाे छ । यस्तै व्यापार क्षेत्र २ दशमलव ७ प्रतिशतले,निर्माण क्षेत्र ११ प्रतिशत, उत्पादनमूलक उद्योग २ प्रतिशत र खानी तथा उत्खनन् क्षेत्र ४ दशमलव ८ प्रतिशतले ऋणात्मक बन्न पुगेका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x