राष्ट्रिय वाणिज्य बैंकको उप-कार्यकारी अधिकृतमा रामकुमार थापा
काठमाडाैं, ११ साउन । राष्ट्रिय वाणिज्य बैंकको उप-कार्यकारी अधिकृत पदमा रामकुमार थापा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको निर्णयअनुसार थापालाई मुख्य प्रबन्धकबाट उप–कार्यकारी अधिकृतमा बढुवा गरिएको हो ।
थापालाई बैंकको रिक्त रहेको तह ११ को उप–कार्यकारी अधिकृत पदमा बढुवा गर्न गत साउन ३ गते निर्णय गरेको जनाएको छ ।
थापा २०५४ सालमा शाखा अधिकृत तह सातौंको रुपमा तत्कालिन एनआइडिसी डेभलपमेन्ट बैंक (हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको) मा सेवा प्रवेश गरेका थिए ।
थापाले व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गरेका छन् ।