Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

झण्डै तीन गुणा बढ्यो ईभिको आयात, गत एक वर्षमा २९ अर्बका बिजुली गाडी नेपाल भत्रिए

झण्डै तीन गुणा बढ्यो ईभिको आयात, गत एक वर्षमा २९ अर्बका बिजुली गाडी नेपाल भत्रिए

काठमाडौं, १६ साउन । एक वर्षमा २९ अर्ब ४८ करोड २७ लाख रुपैयाँबराबरको ११ हजार ७०१ वटा विद्युतीय गाडी आयात भएका छन् ।

गत आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी १०१ देखि २०० किलोवाटसम्मका ६ हजार ८८५ गाडी भित्रिएका छन् भने ५० किलोवाटभन्दा मुनिका चार हजार ५७१ गाडी, १०१ देखि २०० किलोवाटका २१७ गाडी, २०१ देखि ३०० किलोवाटका २१ र ३०० किलोवाटभन्दा माथि एउटा गाडी भित्रिएका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै तिन गुणा बढी विद्युतीय सवारी साधनको आयात भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ४ हजार ४६ वटा इभि आयात भएका थिए ।

गर वर्ष विद्युतीय सवारी साधन आयातबाट सरकारले १२ अर्ब ९९ करोड ४ लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९ अर्ब ७१ करोड ९८ लाख ६४ हजार रुपैयाँँले बढी हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा इभि गाडि आयात गरी राज्यले ३ अर्ब २७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x