Date

बिहि, पुस २५, २०८१
Thu, January 9, 2025

उच्च बिन्दुबाट २३ सय रूपैयाँले घट्याे सुनकाे मूल्य

उच्च बिन्दुबाट २३ सय रूपैयाँले घट्याे सुनकाे मूल्य

काठमाडाैं, २२ साउन । नेपाली बजारमा मंगलबार सुनकाे मूल्य उच्च बिन्दुबाट २ हजार ३०० रूपैयाँले घटेकाे छ । साेमबार प्रतितोला सुनको मूल्य १ लाख ५० हजार तोकेकिएकाेमा आज २ हजार ३०० रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ७०० रूपैयाँ कायम भएको छ ।साेमबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार रूपैयाँमा कारोबार भएको थियो।

गत शुक्रबार एक लाख ४९ हजार ९०० रूपैयाँ पुगेको थियो। आइतबार दुई सय रूपैयाँ घटेर एक लाख ४९ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो भने सोमबार तोलामा ३०० रूपैयाँले बढेर एक लाख ५० हजार रूपैयाँ पुगेको थियाे ।

यस्तै आज चाँदीकाे मूल्य पनि ताेलामा १६० रूपैयाँले घटेकाे छ । आज चाँदीकाे मूल्य प्रतिताेला १ हजार ७ सय २५ रूपैयाँ कायम भएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x