Date

बिहि, पुस २५, २०८१
Thu, January 9, 2025

आईबिएन मिडिया एन्ड रिसर्चद्धारा मौद्रिक नीतिको समीक्षात्मक कार्यक्रम सम्पन्न

आईबिएन मिडिया एन्ड रिसर्चद्धारा मौद्रिक नीतिको समीक्षात्मक कार्यक्रम सम्पन्न

काठमाडाैं, २० साउन । नेपाल राष्ट्र बेंकले अघिल्लो साता सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिका अधिकांश व्यवस्थाहरु कार्यान्वयनमा आइसेको छन् । यस वर्षको मौद्रिक नीति विशेष गरी बैंक वित्तिय संस्था, निमार्ण व्यवसाय, पूँजीबजार लगायत विभिन्न क्षेत्रका लागि खुकुलो नीति लिएको छ ।

यस्तोमा निजीक्षेत्रको मनोबल उकास्न, बजेटले लिएका लक्ष्य प्राप्ति र समग्र वित्तीय एवं आर्थिक स्थायित्वका लागि यसको प्रभावकारी कार्यान्वयनको खाँचो देखिन्छ । यसै विषयमा केन्द्रित रही आईबिएन मिडिया एन्ड रिसर्चले आइतवार मौद्रिक नीतिको समीक्षात्मक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा उठेका विषयवस्तुलाई सम्बोधन गर्दै गभर्नर महाप्रसाद अधिकारीले यसपटकको मौद्रिक नीतिले सबै क्षेत्रलाई मार्गप्रसस्त गरेको बताउनुभयो ।

आइबिएन मिडिया एण्ड रिसर्चद्धारा आयोजित पोष्ट मौद्रिक नीति कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्रोत व्यक्ति बैंकिङ बिज्ञ अनलराज भट्टराईले नेपालको अर्थतन्त्रमा मौद्रिक नीतिको ट्रान्समिसन र प्रभावकारीता नदेखिएको उल्लेख गर्नुभयो ।

यसैगरी कार्यक्रममा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष उपेन्द्र पौडेलले सरकारको वित्त नीति प्रभावकारी नबन्दा मौद्रिक नीतिमा निर्भर बन्नु पर्ने अवस्था आएको बताउनुभयो । यस्तै जारी मौद्रिक नीति खुकुलो व्यवस्था गरेको भन्दै उहाँले यसको दुरुपयोग गर्न नहुने बताउनुभयो ।

यस्तै कार्यक्रममा कार्यपत्रमाथि टिप्णी गर्दै अर्थविद् केशवराज आचार्यले मौद्रिक नीतिले मात्र अर्थतन्त्रका सबै समस्या समाधान हुन नसक्ने भन्दै अर्थतन्त्र चलायमान बनाउन वित्त नीतिको पनि भूमिका उतिकै महत्वपूर्ण हुने बताउनुभयो । धेरै अघिदेखि प्रचलनमा रहेको भारतिय म्द्राको दरलाई समायोजन गर्न सके अर्थतन्त्र विकासमा थप टेवा पुग्ने उहाँको भनाइ छ ।

यसैगरी नेपाल चेम्बर अफ कमर्सका साइबर ब्युरो तथा क्यान महासंघका अध्यक्ष चिरञ्जिवि अधिकारीले विदेशी क्युआरबाट भुक्तानी गर्दा नेपाली मुद्रा बाहिरीरहेको बताउनुभयो । क्युआर कोडबाट हुने यस्ता गरिविधिहरुलाई नियमन गर्नुपर्ने आवस्यकता औल्याउनुभयो ।

कार्यक्रम आईबिएन मिडिया एन्ड रिसर्चका प्रबन्ध निर्देशक हृदयराज गौतमको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर, कार्यकारी निर्देशकलगायत उच्चपदस्थ पदाधिकारीका साथै बैंक तथा वित्तीय संस्था र निजीक्षेत्रका प्रतिनिधिलगायतको उपस्थिति थियो । नेपाल बैंक, हिमालयन बैंक, एनएमबि बैंक, नेपाल चेम्बर अफ कमर्सले, कार्यक्रममा सहकार्य गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x