Date

बुध, पुस २४, २०८१
Wed, January 8, 2025

सेयर बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या ६३ लाख ४३ हजार पुग्याे

सेयर बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या ६३ लाख ४३ हजार पुग्याे

काठमाडाैं, २० साउन । पछिल्लाे समय सेयर बजारमा छाएकाे उत्साहसँगै सेयर बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या पनि बढ्दै गएकाे छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको पछिल्लो तथ्याङ्कअनुसार डिम्याट खाताको संख्या ६२ लाखभन्दा बढी पुगेको छ । गत शुक्रबार सम्म कुल ६३ लाख ४३ हजार ३ सय ६१ वटा डिम्याट खाता खुलेका हुन् ।

यसअघि आर्थिक वर्ष २०७७/७८ मा मात्र सेयर बजारमा २० लाख १३ हजार लगानीकर्ता थपिएका थिए । २०७७ असारमा डिम्याट खाता संख्या १७ लाख २३ हजार ६ सय मात्र थियो । पछिल्लो एक वर्षमा यो संख्या बढेर करिब साढे ६३ लाख पुगेको हो ।

पछिल्लो समय नेप्सेमा दैनन्दिन रुपमा उच्च रकमको कारोबार भइरहेको छ। गत साताको पहिलो कारोबार दिन दुई पटकको सर्किट ब्रेकपछि सम्हालिएको बजार ११३ दशमलव ४२ अंक बढेको थियो । दोस्रो दिन नाफा बुक गर्दा २० दशमलव ४६ अंक करेक्सन भएको बजार तेस्रो दिन ३५ दशमलव ५५ अंक र चौथो दिन ६४ दशमलव २६ अंक बढेको थियो । अन्तिम कारोबार दिन ५ दशमलव २९ अंकको करेक्सन बजारमा देखिएको थियो ।

यो साता हालसम्मकै बढी रकमको कारोबार भएको छ । पहिलो कारोबार दिन १५ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएकोमा दोस्रो दिन १९ अर्ब ६० करोड रुपैयाँभन्दा बढी, तेस्रो दिन १७ अर्ब २६ करोड रुपैयाँभन्दा बढी, चौथो दिन २१ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी र पाँचौं दिन २१ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x