Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकममा पनि वृद्धि

नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकममा पनि वृद्धि

काठमाडौं, २७ कार्तिक । शेयर बजारमा सोमबार दोहोरो अंकको वृद्धि देखिएको छ । दिनभर जसो उतारचढापमा रहेको नेप्से परिसुचक बजार बन्द हुने समयसम्ममा १३.७४ अंकले बढेर १४९०.८८ विन्दुमा पुगेको छ ।

सोमबार नेप्से परिसुचकसंगै कारोबार रकममा समेत वृद्धि भएको छ । आज १५८ कम्पनीहरुको १७ लाख ३० हजार ५७२ कित्ताको किनबेचबाट ७१ करोड ४६ लाख ५७ हजार ४५९ रुपैयाँको कारोबार भएको छ । विगत २ हप्ता यता शेयर बजारमा आज भएको कारोबार सवैभन्दा बढि हो ।

शेयर बजारमा आज होटल समुह र विकास बैंक समुह बाहेक अरु सबै समुहगत परिसुचकहरु सकारात्मक भएका छन् । सोमबार जलविद्युत समुह सवैभन्दा बढि ७०.३१ अंकले बढेको छ । यस्तै वाणिज्य बैंक १०.९१, वित्त कम्पनी १०, वीमा १४.९, उत्पादन १२.८, अन्य समुह १८.५१, लघुवित्त १०.९९ अंकले बढेको छ । यस्तै होटल १२.३ र विकास बैंक २.३ अंकले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x