Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

उम्मेदवारले गर्ने खर्च पारदर्शी बनाउन भन्दै आयोगले व्यवसायीलाई भन्यो ‘चन्दा बैंकिङ प्रणाली मार्फत मात्रै दिनु ’

उम्मेदवारले गर्ने खर्च पारदर्शी बनाउन भन्दै आयोगले व्यवसायीलाई भन्यो ‘चन्दा बैंकिङ प्रणाली मार्फत मात्रै दिनु ’

काठमाडौं, २७ कात्तिक । निर्वाचन आयोगले दलहरुलाई दिने चन्दा बैंकिङ प्रणाली मार्फत मात्रै दिन व्यवसायीहरुलाई आग्रह गरेको छ । निर्वाचनका बेला हुने अनियमित खर्चलाई रोक्न भन्दै आयोगले व्यवसायीसँग यस्तो आग्रह गरेको हो ।

आयोगका प्रवक्ता नवराज ढकालले बैंकिङ प्रणाली मार्फत चन्दा सहयोग गरेमा उम्मेदवारले गर्ने खर्च पारदर्शी हुने बताए । आयोगलाई कुन उम्मेदवारले कत्ति खर्च गरेछन् भन्ने थाहा पाउन समेत सहज हुने भन्दै उनले सहयोगका लागि पनि सबैसँग आग्रह गरे ।

निर्वाचनका बेला हुने आचारसंहिता उल्लंघन र बेथिति रोक्न आयोग हरतबरबाट लागिरहेको पनि प्रवत्ता ढकालले बताए । आयोगले राजस्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक र आन्तरिक राजस्व विभागलाई पनि यसका लागि निर्देशन जारि गरिसकेको छ ।

आयोगले प्रदेश सभा सदस्यका उम्मेदवारले १५ लाख र प्रतिनिधि सभाका उम्मेदवारले २५ लाख रुपैयाँ सम्म खर्च गर्न पाउने सिमा तोकेको छ । समानुपातिक तर्फका उम्मेदवारहरुले भने प्रति उम्मेदवार दुई लाख रुपैयाँ सम्म खर्च गर्न पाउने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x