Date

शुक्र, कार्तिक १६, २०८१
Fri, November 1, 2024

४ प्रतिशतले बढ्याे सेयर बजार, १७ अर्ब ९५ करोड माथिको कारोबार

४ प्रतिशतले बढ्याे सेयर बजार, १७ अर्ब ९५ करोड माथिको कारोबार

काठमाडाैं, २३ साउन । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक उच्च अंकले बढेकाे छ । हिजो १४५ अंकले घटेको शेयर बजार आज १०८ अंकले बढेको हाे ।

यसदिन ४ दशमलव ०८ अंकले बढेकाे बजार २ हजार ७ सय ५९ दशमलव ६७ विन्दुमा पुगेको छ ।

आज दुई सय ३९ वटा कम्पनीको शेयर बढेकोमा तीन वटा कम्पनीका शेयर भने घटेको छ । आज १० वटा कम्पनीका शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै आठ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यसदिन कारोबार रकम भने घटेको छ । हिजो २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएर ऐतिहासिक रेकर्ड कायम भएकोमा आज तीन सय ३० वटा कम्पनीका तीन करोड ८० लाख कित्ता शेयर १७ अर्ब ९५ करोड रुपैयाँमा किनबेच भएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x