Date

बिहि, पुस २५, २०८१
Thu, January 9, 2025

चारवर्षे कार्यकाल पूरा गरेर लगानी बोर्डबाट बाहिरिए पूर्व सीईओ भट्ट

चारवर्षे कार्यकाल पूरा गरेर लगानी बोर्डबाट बाहिरिए पूर्व सीईओ भट्ट

काठमाडाैं, २३ साउन । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टकाे ४ वर्षे कार्यकाल सकिएकाे छ । २०७७ साउन १९ गते बोर्ड सीईओ नियुक्त भएका भट्ट आफ्नो कार्यकाल पूरा गरेर  बोर्डबाट बाहिरिएका छन् ।

बोर्डका पदाधिकारीहरूले बुधबार भट्टलाई विदाइ गरेका छन् ।

आफ्नो चार वर्षको कार्यकालमा भट्टले बाेर्डको पहिलो रणनीतिक खाका, प्रोजेक्ट बैंक दिशानिर्देश, विभिन्न ज्ञान उत्पादनहरू, एएए परियोजना विकास र व्यवस्थापन अभ्यास, तथा प्रमुख नेपाल लगानी शिखर सम्मेलन २०२४ लगायत लगानी प्रवर्द्धन गतिविधिहरू अघि बढाएका छन्  ।

संस्थागत विकास, परियोजना कार्यान्वयन र सहजीकरणका साथै सहकार्य र साझेदारीका क्षेत्रमा उत्कृष्ट कामहरू गरेकाे बाेर्डले जनाएकाे छ । यस्तै बाेर्डले उनलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद तथा बधाई ज्ञापन गर्दै आगामी कार्यकालको लागि शुभकामना व्यक्त गरेकाे छ ।

यस्तै निवर्तमान सीईओ भट्टले आफ्नो चार वर्षे कार्यकालमा सहयोग गर्ने संघ संस्थालाई धन्यवाद  दिएका छन् । 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x