Date

बिहि, पुस २५, २०८१
Thu, January 9, 2025

हवाई दुर्घटनाः सांसदहरुद्वारा पर्यटनमन्त्री र क्यानका महानिर्देशकको राजीनामा माग

हवाई दुर्घटनाः सांसदहरुद्वारा पर्यटनमन्त्री र क्यानका महानिर्देशकको राजीनामा माग

काठमाडाैं, २४ साउन । सांसदहरूले पर्यटनमन्त्री बद्री पाण्डे र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा मागेका छन्। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहिबार बसेको बैठकमा सांसदहरुले हेलिकोप्टर र हवाइजहाज दुर्घटनालाई लिएर पर्यटनमन्त्री पाण्डेले राजिनामा दिनु पर्ने बताएका हन् ।

दुई साताको अवधिमा दुई वटा दुर्घटना भएकाले यसलाई गम्भीर रुपमा लिइ नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने उनीहरूको भनाइ छ ।

दुर्घटनामा मानवीय त्रुटि भनेपनि अन्तिममा नियामकको कमजोरी हुन आउने उनीहरूको धारणा छ । सरकारको गैर जिम्मेवारीले नै यस्तो भएको भन्दै सांसदहरूले सरकार जवाफदेही हुनु पर्ने र पद छोडेर छानबिन गर्नु पर्ने बताएका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x