मंगलबार सुनकाे मूल्य प्रतिताेला डेढ लाख नाघ्याे
काठमाडाैं, २९ साउन । मंगलबार नेपाली बजारमा सुनकाे मूल्य प्रतिताेला डेढ लाख रूपैयाँ नाघेकाे छ । साेमबार ताेलामा १०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज २ हजार १०० रूपैयाँले बढेकाे हाे ।
यस दिन छापावाल सुनकाे मूल्य हाल सम्मकै उच्च प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँ भएको नेपाल सुनचाँदी महासंघले जनाएकाे छ । छापावाल सुन सोमबार १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यता मंगलबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले महँगिएको छ। सोमबार तोलाको १ हजार ७ सय १५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार प्रतितोला १ हजार ७ सय ४० रुपैयाँ पुगेको छ।