Date

बिहि, पुस २५, २०८१
Thu, January 9, 2025

नेपालको कुल जडित विद्युत् क्षमता ३१ सय ५७ मेगावाट, पछिल्लाे ३ वर्षमा १ हजार ७ सय ६ मेगावाट थपियाे

नेपालको कुल जडित विद्युत् क्षमता ३१ सय ५७ मेगावाट, पछिल्लाे ३ वर्षमा १ हजार ७ सय ६ मेगावाट थपियाे

काठमाडाैं, २९ साउन । नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनी र नीजि क्षेत्रका विद्युत आयोजनाहरू गरी कुल जडित क्षमता ३ हजार १ सय ५७ मागावाट पुगेकाे छ ।

विगत ८ वर्षमा मात्र २ हजार ३ सय मेगावाट र विगत ३ वर्षमा १ हजार ७ सय ६ मेगावाट थपिएकाे प्राधिकरणले जनाएकाे छ।

विद्युत जडित क्षमता सबैभन्दा बढी करिब ९५ प्रतिशत अर्थात २ हजार ९ सय ९१  मेगावाट याेगदान जलविद्युतकै छ । थर्मल उर्जा ५३ मेगावाट, साैर्य उर्जा १ सय ७ मेगावाट र वायाेमास उर्जा ६ मेगावाट छ ।

८ वर्ष अघिसम्म विभिन्न कारणले ठप्प रहेकाे नीजि क्षेत्रका विद्युत आयोजनाहरूसँगकाे विद्युत खरिद बिक्रि सम्झाैता (पिपिए) लाइ खुला गरि जलाशययुक्त, पिकिङ रन अफ रिभर, रन अफ द रिभर र साैर्य उर्जाका लागि छुट्टा छुट्टै दर तय गरिएकाे प्राधिकरणले जनाएकाे छ । यसबाट नेपालकाे जलविद्युतमा स्वदेशी तथा विदेशी लगानीकर्ताकाे आकर्षण बढेकाे बताइएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x