८.१८ अंकले घट्याे नेप्से परिसूचक, २१ अर्ब ५१ करोडकाे काराेबार
काठमाडाैं, २९ साउन । साताकाे तेस्राे काराेबार दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । हिजाे ७० दशमलव ८१ अङ्कले बढेको सेयर बजार मापक नेप्से परिसूचक आज ८ दशमलव १८ अंकले घटेर २ हजार ९ सय २३ दशमलव ४६ विन्दुमा कायम भएकाे छ ।
यस्तै आज कारोबार रकममा पनि गगिरावट आएको छ । आज ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता सेयर २१ अर्ब ५१ करोड ५० लाख १० हजार रूपैयाँमा कारोबार भएको छ । हिजो ६ करोड ४८ लाख कित्ता शेयर २७ अर्ब २४ करोड रुपैयाँमा कारोबार भएको थियो ।
यसदिन ८० कम्पनिकाे सेयर मूल्य बढेकाे छ भने १५७ कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यस्तै ६ वटाकाे स्थिर छ ।
आज मातृभुमी लघुवित्त, पिपुल्स पावर लिमिटेड र डोल्टी पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्स लिमिटेडकाे सेयर मूल्य सर्वाधिक ९.९३ प्रतिशतले घटेकाे छ ।