Date

मङ्ल, पुस २३, २०८१
Tue, January 7, 2025

३४.२९ अंकले बढ्यो नेप्से परिसूचक, २३ अर्ब ४३ करोड माथिकाे काराेबार

३४.२९ अंकले बढ्यो नेप्से परिसूचक, २३ अर्ब ४३ करोड माथिकाे काराेबार

काठमाडाैं, ३० साउन । मंगलबार सामान्य अंकले घटेकाे सेयर बजार मापक नेप्से बुधबार दाेहाेराे अंकले बढेकाे छ । हिजाे ८ दशमलव १८ अंकले घटेकाे नेप्से आज ३४.२९ अंकले बढेर २ हजार ९ सय ५७ दशमलव ७५ बिन्दुमा कायम भएकाे छ ।

यस्तै आज कारोबार रकममा पनि बढेकाे छ  । आज ५ करोड १२ लाख ३० हजार ३४० कित्ता सेयर २३ अर्ब ४३ करोड ५ लाख ८१ हजार  रूपैयाँमा कारोबार भएको छ ।

हिजो ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता सेयर २१ अर्ब ५१ करोड ५० लाख १० हजार  रूपैयाँमा कारोबार भएको थियो ।

यसदिन १५६ कम्पनिकाे सेयर मूल्य बढेकाे छ भने ७९ कम्पनीकाे सेयर मूल्य घटेकाे छ । यस्तै ८ वटाकाे स्थिर छ ।

सेन्ट्रल फाइनान्स लिमिटेड, समृद्धि फाइनान्स कम्पनी, प्रोग्रेसिभ फाइनान्स लिमिटेड, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, हिमालयन हाइड्रोपावर लिमिटेड, इन्ग्वा हाइड्रोपावर लिमिटेड र अपर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x