सार्वजनिक यातायातमा अनलाइन टिकट, जिपिएस ट्र्याकिङ र सिसिटिभी राख्न सरकारको निर्देशन
काठमाडाैं, ३१ साउन । सरकारले सार्वजनिक सवारी साधनमा जिपिएस ट्र्याकिङ प्रणाली, सिसिटिभी जडान र अनलाइन टिकटको व्यवस्था मिलाउन निर्देशन दिएको छ।
गृहमन्त्रालयले पाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई १२ बुँदे निर्देशन दिँदै यी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएकाे हाे । मन्त्रालयले यात्रुहरूलाई अनिवार्य टिकट काटेर यात्रा गराउन पनि निर्देशन दिएको छ।
अनलाइन टिकटको व्यवस्था नहुँदा सिमलताल दुर्घटनामा कति यात्रु परे भन्ने यकिन हुन नसकेपछि घटना अध्ययन गर्न गृह मन्त्रालयले बनाएको कार्यदलले अनलाइन टिकट प्रणाली सुरूवातको खाँचो औंल्याएको हो।
को थिएन। यात्रुका आफन्तहरूको सूचनामा भर पर्दा अहिले पनि दुर्घटनामा परेकाहरूको विवरण फरक परेको छ।कार्यदलको प्रतिवेदनले पनि यसबारे निर्क्यौल गर्न सकेको छैन। प्रतिवेदनको अनुसूचीमा चितवन प्रशासनले उपलब्ध गराएको यात्रुहरूको सूची राखेको छ।