Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

भदौमा पनि घट्यो वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर

भदौमा पनि घट्यो वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर

काठमाडाैं, १ भदाै । वाणिज्य बैंकहरूले भदाैका लागि थप मुद्दती निक्षेप व्याजदर घटाएका छन् । साउनको तुलनामा भदौका लागि वाणिज्य बैंकहरूकाे मुद्दती निक्षेप व्याजदर औसतमा ०.१९ प्रतिशतले घटेको छ ।

साउन महिनामा व्यक्तिगत मुद्दतीमा २० वाणिज्य बैंकहरुको अधिकतम औसत ब्याजदर ६.७३ प्रतिशत रहेकोमा भदौमा यो घटेर ६.५४ प्रतिशतमा झरेको छ ।

२० वाणिज्य बैंकहरुले सार्वजनिक गरेको ब्याजदर सूचनाअनुसार १२ बैंकले ब्याजदर घटाएका छन् ।ब्याजदर घटाउने बैंकमा कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, एसबीआई बैंक, नेपाल बैंक, सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, हिमालयन बैंक र एभरेस्ट  बैंक छन् ।

यस्तै बैंक प्राइम कमर्सियलले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ भने ७ बैंक स्टान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, सिटिजन्स, माछापुच्छ्रे र कुमारीले ब्याजदर स्थिर राखेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *