सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ५२ हजार ६००
काठमाडाैं, २ भदाै । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज एकैदिन सुनको मूल्य तोलामा ३ हजार रूपैयाँले बढेको हो ।
यसअघि साउन २९ गते नेपाली बजारमा सुन प्रतितोला १ लाख ५० हजार ८ सयमा खरिदबिक्री भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार ६ सय रूपैयाँ तोकिएको छ ।शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँले बढेको छ । शुक्रबार १ हजार ५ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ८ सय १० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।