Date

शनि, चैत्र २९, २०८१
Sat, April 12, 2025

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ९४ अर्ब ७४ करोड राजस्व संकलन

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ९४ अर्ब ७४ करोड राजस्व संकलन

काठमाडाैं, ४ भदाै । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारले ९४ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जुन सरकारको वार्षिक लक्ष्यको ६.६८ प्रतिशत हो ।साउनमा १ खर्ब २० अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन गर्ने सरकारको लक्ष्य थियो ।

साउन महिनाको कुल संकलित राजस्वमध्ये कर राजस्व रु ७७ अर्ब ४१ करोड २७ लाख र गैरकर राजस्व रु १७ अर्ब ३३ करोड छ।

सरकारले चालु आर्थिक वर्षका कर राजस्व रु १२ खर्ब ८४ अर्ब २० करोड, गैरकर राजस्व रु एक खर्ब ३५ अर्ब र वैदेशिक अनुदान रु ५२ अर्ब ३२ करोड ६५ लाख गरि रु १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x