रिलायवल नेपाल लाइफ इन्स्योरेन्सकाे सातौं वार्षिक उत्सव सम्पन्न
काठमाडाैं, १६ भदाै । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार शुरु गरेको ७ वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । यसै उपलक्षयमा कम्पनीले ७० लाख बीमितहरु, दुर दराजसम्म यसकाे पहुँच पुययाउन भुमिका खेल्ने रिलायबल एडभाइजर नियमनकारी निकायहरु, लगानिकर्ता, अहोरात्र काम प्रति समर्पित कर्मचारी वर्गहरु लगायत सम्पूर्णमा आभार व्यक्त गरेकाे छ ।
हालसम्मको उपलब्धीबाट हामिलाई थप कार्य गर्नको लागी उर्जा प्राप्त भएको छ र भविष्यमा अझ ठुलो जिम्मेबारी वहन गर्नको लागी थप प्रेरणा प्राप्त हुने कम्पनीकाे विस्वास छ ।
यस अवसरमा कम्पनीका कर्मचारी तथा एडभाइजरहरु समेतको उल्लेख्य सहभागितमा केन्द्रीय कार्यालयमा बीमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरुमा विभिन्न कार्यक्रमहरु गरी सातौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।
कार्यक्रमहरुको संक्षिप्त विवरहरु देहाय बमोजिम रहेका छन्
दमक, नारायणगढ, लेखनाथ, वुटवल, नेपालगंज शाखाहरुमा रक्तदान, दमौलि शाखाको आयोजनामा भोर्लेटारमा स्वाथ्य सिविर, धनकुटामा स्थास्थ्य सिविर, राजविराज शाखामा वृक्षारोपण विभिन्न शाखाहरुद्धारा विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु तथा वृद्धाश्रममा खाध्य सामाग्रीहरु वितरण तथा सरसफाई समेत गरी मनाइयो ।