Date

सोम, भदौ ३१, २०८१
Mon, September 16, 2024

लगानी बोर्डको सीईओ पदका लागि पाँच जना सर्ट लिस्ट

लगानी बोर्डको सीईओ पदका लागि पाँच जना सर्ट लिस्ट

काठमाडाैं, २० भदाै । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका पाँच जना सर्ट लिस्टमा परेका छन्। सिफारिस समितिको सचिवालयले मंगलबार सूचीकरणमा परेका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

सुशील भट्टको कार्यकाल सकिएसँगै सरकारले सिइओ पदमा आवेदन खुलाएको थियो। सिइओका लागि आठ जनाको आवेदन परेकोमा उनीहरूबाट अर्घाखाँचीका विष्णुप्रसाद भट्टराई, तनहुँका रघुराज काफ्ले, ललितपुरका सुशील ज्ञवाली, धनुषाका रामदेव यादव र भीष्मराज ढुंगाना छन् ।

उनीहरूमध्ये ३ जनाको अन्तिम सूची तयार गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्ने र मन्त्रिपरिषद्ले बोर्ड अध्यक्ष नियुक्त गर्ने सिफारिस समितिको सचिवालयले जनाएको छ ।

बोर्डका अनुसार उम्मेदवारको रणनीति र कार्ययोजना, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षणपछि सचिवालयले छनोट गरेर मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x