Date

मङ्ल, अशोज २९, २०८१
Tue, October 15, 2024

असोज १३ देखि दशैँका लागि सुकिला नोट साट्न पाइने

असोज १३ देखि दशैँका लागि सुकिला नोट साट्न पाइने

काठमाडाैं, २६ भदाै । दशैँका लागि आउँदो असोज १३ गतेदेखि सुकिला र सफा नोट साट्न सकिने भएको छ ।नेपाल राष्ट्र बैंकले नोट सटहीसम्बन्धी सूचना जारी गर्दै आगामी आगामी दसैं, तिहार र छठका लागि असोज १३ देखि २२ सम्म सुकिला नोट साट्न सकिने जनाएको हो ।

राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट पनि नोट सटहीको सुविधा लिन सकिने जनाएको छ । साथै इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिला नोट सटही गर्ने सकिनेछ ।

विगतका वर्षहरूमा दसैं, तिहार र छठका लागि राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएकोमा यस वर्ष नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x