Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

साउनमा ७.६३ प्रतिशतले बढ्याे वाणिज्य बैंकहरुकाे नाफा, कसकाे कति ?

साउनमा ७.६३ प्रतिशतले बढ्याे वाणिज्य बैंकहरुकाे नाफा, कसकाे कति ?

काठमाडाैं, १ असाेज  । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो महिना अर्थात साउनमा वाणिज्य बैंकहरुले ९ अर्ब १७ करोड ६१ लाख नाफा आर्जन गरेका छन् ।

राष्ट्र बैंकले सार्वजनिक चालू आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांक अनुसार साउनमा वाणिज्य बैंकहरुको खुद नाफा ७.६३ प्रतिशतले बढेको छ ।गत आर्थिक वर्षको समीक्षा साउनमा २० वाणिज्य बैंक ९ अर्ब ५२ करोड ५० लाख रुपियाँ खुद नाफा कमाएका थिए।

साउन महिनामा नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक पहिलो नम्बरमा छ। यो बैंकले साउन महिनामा ८९ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यस्तै सर्वाधिक नाफा घट्नेमा नेपाल बैंक छ । गत वर्षको साउनमा ३६ करोड चार लाख रुपैयाँ नाफा गरेको नेपाल बैंकले यस वर्षको साउनमा २२ करोड ३९ लाख रुपैयाँमात्र नाफा आर्जन गरेको छ ।

यस्तै चालु आर्थिक वर्षको साउनमा नबिल बैंकले ८० करोड ३३ लाख, कृषि विकास बैंकले ७१ करोड २० लाख, हिमालयन बैंकले ५८ करोड ८० लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले ५७ करोड ७५ लाख, प्रभुले ५३ करोड ८० लाख, प्राइम कमर्शियलले ५० करोड ५५ लाख, कुमारीले ५० करोड ३५ लाख, लक्ष्मी सनराइजले ४३ करोड ३२ लाख, एनएमबिले ४२ करोड ७२ लाख, एभरेष्टले ४२ करोड २९ लाख र सानिमाले ३८ करोड २६ लाख रुपियाँ खुद नाफा कमाएका छन् ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड छ लाख, सिद्धार्थले ३४ करोड ८८ लाख, सिटिजन्सले ३४ करोड २२ लाख, नेपाल एसबिआईले ३३ करोड ३३ लाख, स्ट्यान्डर्ड चार्टर्डले ३१ करोड १५ लाख, एनआईसी एसियाले २६ करोड ६३ लाख, नेपाल बैंकले २२ करोड ३९ लाख र माछापुच्छ्रले २० करोड २४ लाख रुपियाँ खुद नाफा कमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x