सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाडौं, ७ असोज । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार ४५१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ ।
यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । यो सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापकले आजको मितिबाट ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ ।
निर्धारित समयभित्र सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नआएमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।