बिहीबार नेप्से परिसूचक ३२.८१ अंकले घट्यो
काठमाडौं, १० असोज । बिहीबार नेप्से परिसूचक ३२.८१ अंकले घटेको छ । यो दिन नेप्से परिसूचक ३२।.८१ अंकले घटेर २,४८६.७६ विन्दुमा बन्द भएको हो ।
आज ३२२ वटा कम्पनीको १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार भने ३२७ वटा कम्पनीको १ करोड २४ लाख ९८ हजार ९८९ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यो दिन बजार घटेपनि कारोबार भने बढेको अवस्था छ । त्यस्तै राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि ५.३४ अंकले घटेर ४४७.४५ विन्दुमा बनद भएको छ।
आज २०१ वटा कम्पनीको शेयरमूल्य घटेको छ, भने ३९ वटा कम्पनीको शेयरमूल्य बढेको छ । चार वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
यस दिन वीन लघुवित्तको शेयरमूल्य ९.८५ प्रतिशतले बढेको छ । कम्पनीको शेयर बढेर प्रतिकित्ता मूल्य २,९०० रुपैयाँ पुगेको छ ।