Date

शुक्र, कार्तिक २, २०८१
Fri, October 18, 2024

बुधबारसम्म केन्द्रिय बैंकबाट मात्र साढे ८ करोड रुपैयाँभन्दा बढी सुकिला नोट वितरण

बुधबारसम्म केन्द्रिय बैंकबाट मात्र साढे ८ करोड रुपैयाँभन्दा बढी सुकिला नोट वितरण

काठमाडाैं १७ असाेज । नेपाल राष्ट्र बैंकले यही असोज १३ देखि दशैं तिहार र छठ लक्षित सर्वसाधारणका लागि सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिसकेकाे छ । गत १३ गतेदेखि १६ गतेसम्म राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटारबाट मात्र साढे ८ करोड रुपैयाँभन्दा बढी सुकिला नोट वितरण गरिसकेकाे छ ।

राष्ट्र बैंक केन्द्रीय कार्यालयबाट मात्र आइतबार १ करोड ४५ लाख, सोमबार १ करोड ८० लाख, मंगलबार २ करोड ३० लाख र बुधबार २ करोड २ करोड ९२ लाख गरी करिब ८ करोड ४७ लाख रुपैयाँ सटही सुविधा लिइसकेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले नोट सटहीसम्बन्धी सूचना जारी गर्दै दसैंका लागि यही असोज १३ देखि २२ सम्म सुकिला नोट साट्न सकिने सूचना जारी गरिसकेको छ । यसअनुसार राष्ट्र बैंकको केन्द्रीय कार्यालय, सातैवटा प्रादेशिक कार्यालयसहित सबै बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट सटही सुविधा दिइरहेको राष्ट्र बैंकले जनाएको छ । सबै दरका एकरएक थान गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नोट सहटी गर्ने वितरण भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x