Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

घटस्थापना गरेर जमरा राखेसँगै विधिवत् सुरु भयो यस वर्षको दसैं

घटस्थापना गरेर जमरा राखेसँगै विधिवत् सुरु भयो यस वर्षको दसैं

काठमाडाैं १७ असाेज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । हनुमानढोकाको दसैंघरमा बिहीबार शुभ साइतमा जमरा राखिएको छ। घटस्थापनाको साइत ९ः१६ बजे रहेको थियो ,यहि साइतमा जमरा राखिएको हो ।

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गादेवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

घटस्थापना गरेर जमरा राखेसँगै यस वर्षको दसैं विधिवत् सुरु भएको छ। धिपूर्वक घटस्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा गर्ने चलन छ। दसैंमा नवरात्रिको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x