Date

शुक्र, कार्तिक २, २०८१
Fri, October 18, 2024

पुनः रोकियो धितोपत्र बोर्डको अध्यक्षका लागि बोलाइएको अन्तरर्वार्ता

पुनः रोकियो धितोपत्र बोर्डको अध्यक्षका लागि बोलाइएको अन्तरर्वार्ता

काठमाडाैं, १८ असाेज । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि बोलाइएको अन्तरर्वार्ता पुनः रोकिएको छ ।

अन्तर्वार्तामा अस्वस्थताको कारण देखाउँदै अधिकारी अनुपस्थित भएकाले अन्तर्वार्ता रोकिएको हो । अर्को सूचना प्रकाशिन नहुँदासम्म अन्तर्वार्ता स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।

अध्यक्ष नियुक्तिका लागि सर्ट लिस्टमा परेका तीन जना उम्मेदवारलाई शुक्रबार अर्थमन्त्रालयमा अन्तर्वार्ताका लागि बोलाइएको थियो । तीनजना मध्ये धितोपत्र बोर्डकै कर्मचारी डा।नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्जका सिइओ कृष्ण कार्की अन्तर्वार्तामा पुगे पनि अर्का उम्मेदवार बिमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवि चापागाईलाई अन्तर्वार्ताका लागि आएनन् ।

सरकारले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्तिका लागि सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा समिति बनाएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x