Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

महानगरपालिकाद्वारा चाडपर्व लक्षित अनुगमनमा तिव्रता

महानगरपालिकाद्वारा चाडपर्व लक्षित अनुगमनमा तिव्रता

काठमाडाैं, २२ असाेज । दशैं तिहार छठ लगायत चाडपर्वकाे अवसर पारेर काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

महानगरकाे अनुगमन टोलीले असोज २० गतेसम्ममा १३० वटा पसलको अनुगमन गरेको छ ।

महानगरका अनुसार बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चाबहिल, मैजुबहाल, कुमारीगालसहित विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा ८२ वटा पसलले मूल्य सूची नराखेको र ६२ वटाले व्यवसाय दर्ता नगरेको पाइएकाे छ ।

अनुगमनबाट तौल र गुणस्तरका आधारमा मूल्य सूची नराख्नु, खरिद बिक्री बिलको प्रयोग नहुनु, अधिकतम मूल्य र उपभोग्य मितिको ख्याल नगरिएकाे पाइएकाे छ ।

यस्तै बेच्न राखिएका सामानहरूमध्ये प्याकेजिङ गरिएका जुस, कुकिज लगायत बिस्कुट, चकलेट, भुजिया, घिउ, अचार, विभिन्न खालका मसला, भिनेगर लगायतका खाद्य तथा पेय पदार्थहरु म्याद गुज्रेको पाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x