Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

आजदेखि मेलम्चीको पानी काठमाडौंमा आउने

आजदेखि मेलम्चीको पानी काठमाडौंमा आउने

काठमाडाैं, २२ असाेज । मंगलबारबाट काठमाडाैंमा मेलम्चीको पानी पथान्तरण हुने भएको छ।

आन्दोलनरत स्थानीय र हेलम्बु गाउँपालिकासँग सोमबार राति सहमति भएपछि मंगलबारबाटै सुरूङमा पानी हाल्ने तयारी थालिएको हाे।

काठमाडौं पथान्तरण गर्न बनाइएको करिब २७ किलोमिटर सुरूङभित्र पानी भरिएको छ। त्यसकारण आज हालिएको पानी आजै काठमाडौं आइपुगेर वितरण प्रणालीमा जोडिने छ।

असाजे १० देखि १२ गतेसम्मको अविरल वर्षात् र त्यसपछिको बाढीले काठमाडौं उपत्यकाको खानेपानी वितरण प्रणाली बिगारेको छ। काठमाडौं उपत्यकामा मेलम्ची नदीको पानी नल्याइँदा औसत १३ करोड लिटर पानी आपूर्ति हुँदै आएको छ। मेलम्ची नदीको दैनिक १७ करोड लिटर पानी वितरण प्रणालीमा थपिँदा औसत ३० करोड लिटर पानी आपूर्ति हुन्छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *