Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

विश्व बैंकले नेपालका लागि १५० मिलियन डलरको वित्तपोषण उपलब्ध गराउने

विश्व बैंकले नेपालका लागि १५० मिलियन डलरको वित्तपोषण उपलब्ध गराउने

काठमाडाैं, २३ असाेज । विश्व बैंकले नेपालका लागि १५० मिलियन डलर बराबरको वित्तपोषण उपलब्ध गराउने भएको छ ।विश्व बैंकको कार्यकारी सञ्चालक समितिले नेपालमा प्राकृतिक वा जलवायु प्रेरित खतरा वा स्वास्थ्य आपतकालिन अवस्थामा प्रयोग गर्न नेपाल सरकारलाई आकस्मिक वित्तपोषण स्वीकृत गरेकाे हाे ।

नेपालमा प्राकृतिक प्रकोपहरूको सामना गर्नका लागि विश्व बैंकले ‘क्याटास्ट्रोफी डिफर्ड ड्रडाउन अप्शन’ शुरू गरेको छ । यस कार्यक्रमले प्रकोप प्रतिकार्यका लागि नीति र नियम सुधारलाई समर्थन गर्दै प्रकोपको प्रभावलाई कम गर्ने उद्देश्यले संस्थागत संयन्त्रलाई सुदृढ बनाउँछ ।

यस कार्यक्रमले सरकारले पूर्व–जानकारी प्रणालीहरू सुधार गर्न र महत्वपूर्ण पूर्वाधारमा जोखिम कम गर्नका लागि आवश्यक नीति, संस्थाहरू र नियमहरूको निर्माणमा मद्दत गर्दछ । यसले सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्थामा तयारीलाई पनि वृद्धि गर्छ ।

क्याट डीडीओ द्वारा प्रदान गरिने सर्तगत वित्तपोषणले प्रकोप पछि तात्कालिक तरलताको पहुँच प्रदान गर्छ । सरकारलाई प्रकोपको प्रतिकार्य र पुनःस्थापनाको लागि थप उपकरण उपलब्ध गराउँछ । नेपालमा प्रकोपपश्चातको स्रोतहरू तीन तहको संघीय प्रणालीमा प्रकोपको प्रतिकार्य र पुनःस्थापना गर्नका लागि महत्वपूर्ण छन् ।

विश्व बैंकका क्षेत्रीय निर्देशक डेविड सिस्लेनले हालको बाढीले देखाएको जस्तै, नेपाल प्राकृतिक र जलवायु–प्रेरित खतराहरू र स्वास्थ्य आपतकालीन अवस्थाहरूको बहुपरिघटनाको सामना गर्दै गएको बताइ । यसले देशलाई गम्भीर आर्थिक झट्का भोग्ने जोखिममा पार्दै गएको उनको भनाई छ ।

विश्व बैंको क्याट डीडीओ कार्यक्रमले ती जोखिमहरूको विरुद्ध लचीलापन निर्माण गर्न सरकारका सुधारहरूको समर्थन गर्ने र प्रकोप वा सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्थाबाहेक तत्काल पहुँच योग्य क्रेडिटको लाइन प्रदान गर्दछ जसले तात्कालिक र प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x