Date

शनि, मंसिर ६, २०८२
Sat, November 22, 2025

प्रतिताेला १ हजार रूपैयाँले घट्याे सुनकाे भाउ

प्रतिताेला १ हजार रूपैयाँले घट्याे सुनकाे भाउ

काठमाडाैं, २३ असाेज । नेपाली बजारमा बुधबार सुनचाँदीकाे भाउ घटेकाे छ । हिजो तोलामा ४०० रूपैयाँले घटेको सुनको भाउ आज तोलामा १ हजार रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला एक लाख ५९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार एक सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ४० रुपैयाँले घटेर एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ४० रुपैयाँ रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *