Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

यस वर्षको दशैंमा मात्र साढे दुई अर्बका सफा र सुकिला नोट साटिए

यस वर्षको दशैंमा मात्र साढे दुई अर्बका सफा र सुकिला नोट साटिए

काठमाडाैं, २६ असाेज । यस वर्ष दशैंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार र सात वटै प्रादेशिक कार्यालयबाट मात्र सर्वसाधारणले पछिल्लो १० दिन (असोज १३ देखि २२ सम्म) मा  करिब १ अर्ब ३१ करोड रुपैयाँ बराबरका सुकिला नोटको सटही सुविधा लिएका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलका अनुसार यस अवधिमा बैंक तथा वित्तीय संस्थाले पनि सर्वसाधारणलाई नोट सटही सुविधा दिएका छन् । त्यो रकम पनि जोड्दा दसैंका लागि मात्र साढे २ अर्बभन्दा बढी सुकिला नोट सटही भएको छ ।

राष्ट्र बैंकको केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकहरूमार्फत सटही भएको नोटको रकम जोड्दा साढे २ अर्बभन्दा बढी हुने प्रवक्ता पौडेलकाे भनाइ छ ।

दसैंका लागि राष्ट्र बैंकले यही असोज १३ देखि २३ गतेसम्मका लागि नोट सटही सुविधा दिएको थियो । तिहार र छठका लागि दसैं बिदापछि पुनः वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x