शेयर धितो कर्जामा गरिएकाे नयाँ व्यवस्थामा के छ ?
काठमाडाैं, २८ असाेज । बैङ्क तथा वित्तीय संस्थाले मार्जिन कल गर्दा सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस सेयरहरू सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर सङ्ख्यामा गणना गर्न सक्ने भएका छन् ।
राष्ट्र बैङ्कले सेयरधितो कर्जाको मार्जिन कलमा थप नयाँ व्यवस्था गर्दै बैङ्क तथा वित्तीय संस्थाका लागि परिपत्र जारी गर्दै मार्जिन कल गर्दा सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस सेयरहरू सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर सङ्ख्यामा गणना गर्न सकिने व्यवस्था गरेको हो ।
सेयरको बजार मूल्यमा हुने परिवर्तनका कारणले सेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाले सोको मूल्य अनुगमन गरी थप धितोको लागि ऋणी ग्राहकलाई सूचित गर्नुपर्ने व्यवस्था एकीकृत निर्देशनमा छ ।
एकीकृत निर्देशनमा भनिए अनुसार इजाजतपत्रप्राप्त संस्थाले मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा सेयर बिक्री गरी असुलउपर गर्नेसम्बन्धी व्यवस्था स्पष्ट रूपमा सम्बन्धित प्रड्क्ट पेपरमा उल्लेख गर्नुपर्ने छ । मार्जिन कल गर्दा उक्त सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनस सेयरहरू सूचीकरण नभएको अवस्थामा समेत धितोमा राखिएको सेयर सङ्ख्यामा गणना गर्न सकिने छ ।