सरकारकाे पूँजीगत खर्चमा सुधार
काठमाडौं, ४ कार्तिक । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा सरकारकाे पूँजीगत खर्चमा सुधार देखिएकाे छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चालू आर्थिक वर्षको साउन भदाै र असाेजमा सरकारले २९ अर्ब ३७ करोड पुँजीगत खर्च गरेको छ । जुन कुल विनियोजित पुँजीगत बजेटको ८.३४ प्रतिशत हाे ।
अघिल्लो आर्थिक वर्ष ०८०/८१ को पहिलो त्रैमासमा सरकारले विनियोजित पुँजीगत बजेटको ५.९ प्रतिशत अर्थात् १७ अर्ब ८३ करोड पुँजीगत खर्च गरेको थियो । यस वर्ष सरकारले गत आवकाे तुलनामा २.४४ प्रतिशतले पूँजीगत खर्च बढाएकाे हाे
त्यसअघि आव ०७९/८० को पहिलो त्रैमासमा सरकारले विनियोजित पुँजीगत बजेटको ५.१७ प्रतिशत अर्थात् १९ अर्ब ८८ करोड पुँजीगत खर्च गरेको थियो ।