Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

बजेटको प्रभावकारी कार्यान्वयनमा लाग्न  प्रधानमन्त्री ओलीद्धारा मन्त्री र सचिवहरुलाई निर्देशन

बजेटको प्रभावकारी कार्यान्वयनमा लाग्न  प्रधानमन्त्री ओलीद्धारा मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौं,२८ असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेटको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।सरकारले प्रभावकारी काम देखाउन नसकेको भनि चौतर्फी आलोचना भइरहेको बेला प्रधानमन्त्री ओलीले मन्त्री र सचिवलाइ यस्तो निर्देशन दिएका हुन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्य राती सम्म चलेको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रालयका नीति, कार्यक्रम, योजना र बजेटको कार्यान्वयन गर्दा त्यसबाट प्राप्त हुने प्रतिफल तोकेर अघि बढ्न निर्देशन दिएको नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए  ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीसमक्ष सचिवहरुले सरकारको वार्षिक र पञ्चवर्षीय योजनाबारे प्रस्तुतीकरण गरेको बताए । छलफलमा २१ वटै मन्त्रालयका सचिवले मन्त्रालयगत कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए ।

प्रधानमन्त्रीले समृद्धि, विकास, सुशासन र स्थिरताको जनताको चाहनालाई सम्बोधन गर्न सबै जिम्मेवार हुनुपर्नेमा जोड दिदै तत्काल जनताले परिवर्तनको अभाष पाउने गरि काम गर्न निर्देशन दिए ।

बजेट र कार्यक्रम कार्यान्वयनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नियमित अनुगमनसमेत गर्ने भएकाले अल्पकालीन र दीर्घकालीन योजनाका साथ प्रभावकारी सेवा प्रवाहमा लाग्न मन्त्री र सचिवहरुको संयुक्त बैठक बोलाएको थियो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x