Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

सुनको मूल्य सुन प्रतितोला एक लाख ६५ हजार ९०० पुग्याे

सुनको मूल्य सुन प्रतितोला एक लाख ६५ हजार ९०० पुग्याे

काठमाडौं, ६ कार्तिक । लगातार बढीरहेकाे सुनकाे मूल्य मंगलबार पनि बढेकाे छ । नेपाली बजारमा आज पनि सुनको मूल्य तोलामा ३०० बढेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला दुई हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार दुई हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x