असाेजसम्म सेयर बजारबाट साढे ७ अर्ब पूँजीगत लाभकर संकलन
काठमाडौं, ६ कार्तिक । चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा सेयर बजारबाट झण्डै साढे ७ अर्ब पूँजीगत लाभकर संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार साउन, भदाै र असाेजमा सेयर बजारबाट ७ अर्ब ४० करोड १२ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको हाे ।
साउनमा सबैभन्दा धेरै ४ अर्ब २३ करोड ५३ लाख रुपैयाँ संकलन भएकोमा भदौमा २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ तथा असोज महिनामा ५८ करोड ६५ लाख रुपैयाँ संकलन भएको छ । भदौको तुलनामा असोजमा भने ७७ प्रतिशतले लाभकर घटेको छ ।
व्यक्तिगत लगानीकर्ताले सेयर खरिद गरेको १ वर्षभन्दा कम समय होल्ड गरेर बिक्री गर्दा आएको नाफामा ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् भने १ वर्षभन्दा बढी अवधि होल्ड गरेर बिक्री गर्दा आएको नाफामा ५ प्रतिशत तिर्दै आएका छन् ।