१० औं आर्थिक शिखर सम्मेलन काठमाडौंमा जारी
काठमाडौं, २९ कात्तिक । १० औं आर्थिक शिखर सम्मेलन काठमाडौंमा जारी छ । दक्षिण एशियाली राष्ट्रको दिगो विकासको लक्ष्य प्राप्त गर्न एकीकृत आर्थिक रणनीति बनाउने उद्देश्यले मंगलबारबाट उक्त सम्मेलन सुरु भएको हो । सम्मेलनको उद्घाटन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका थिए ।
राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय र साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भाएरोन्मेण्ट (सावती)ले संयुक्त रूपमा आयोजना गरेको उक्त सम्मेलन क्षेत्रीय व्यापार प्रवद्र्धनका लागि लगानीको सम्भाव्यता खोजी गर्न केन्द्रित रहने बताइएको छ । दुईदिने सम्मेलनले अन्तरक्षेत्रीय लगानीको सम्भाव्यता खोजी गर्ने, समावेशी विकासका कार्यक्रम ल्याउने, मौसम परिवर्तनको विषयमा क्षेत्रीय सहकार्य विस्तार गर्ने, प्रकोप न्यूनीकरणका लागि सहकार्य बढाउनेलगायत विषयमा प्राथमिकताका साथ छलफल गर्ने बताइएको छ ।
सम्मेलनमा दक्षिण एशियाली राष्ट्रका ३ वाणिज्य मन्त्री, योजनाविद्हरू, राजदूतहरू, सांसद र उच्चपदस्थ अधिकारीहरू गरी २ सयभन्दा बढीको सहभागिता रहेको छ ।
सम्मेलन कात्तिक ३० गते सम्म चल्ने छ ।
उद्घाटन सत्रमा ‘रिइम्याजिनिङ साउथ एशिया इन २०३०’ विषयक पुस्तक विमोचन गरिएको थियो । उक्त पुस्तक गतवर्ष ढाकामा सम्पन्न नवौं दक्षिण एशिया आर्थिक सम्मेलनका कार्यक्रमहरूको संङ्ग्रह हो । सन् २००८ देखि शुरू भएको दक्षिण एशिया आर्थिक सुरु भएको हो ।