Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

बैंकहरुले भारतीय रुपैँयामा पनि ऋण लिन सक्ने

बैंकहरुले भारतीय रुपैँयामा पनि ऋण लिन सक्ने

काठमाडौं, २८ असार । बैंकहरुले भारतीय रुपैँयामा पनि ऋण लिन पाउने भएका छन् । आगामी आर्थिक वर्षको मौद्रीक नीतिमार्फत् नेपाल राष्ट्र बैंकले भारतीय रुपैँयामा पनि ऋण लिन सक्ने व्यवस्था गरेको हो । गत चैत महिनामा केन्द्रीय बैंकले नेपाली बैंकहरुलाई विदेशी बैंक तथा वित्तिय संस्थाबाट ऋण लिन सक्ने व्यवस्था गरेको थियो । तर यस्तो ऋण विदेशी मुद्रामा मात्र लिन सक्ने व्यवस्था थियो । तर मौद्रीक नीतिमार्फत् अपरिवत्र्य भारतीय रुपैँयामा पनि ऋण लिन सकिने व्यवस्था गरिएको हो । भारतीय रुपैँयामा लिएको ऋण तथा परिवत्र्य मुद्रामा लिइने ऋणको सीम बैंकको प्राथमिक पुँजीको २५ प्रतिशतमा सीमित राख्नुपर्नेछ । यसरी लिइने ऋणको विनिमय दरको हेजिङको व्यवस्था पनि सरकारले गर्ने भएको छ । बैंकहरुको कुल प्राथमिक पुँजी ३२० अर्ब रुपैँया जति छ । यस अर्थमा यसको २५ प्रतिशत उनीहरुले ऋण लिन सक्छन् ।
यसरी लिइएको ऋण उत्पादनशील क्षेत्र र पूर्वाधारमा मात्र लगानी गर्न पाइन्छ । यसरी ऋण लिदाँ लण्डन इन्टर बैंक रेटमा तीन प्रतिशतसम्म जोडेर लिन पाइन्छ । भारतीय रुपैँयमा पनि ऋण लिन पाउने व्यवस्थाले नेपालमा सञ्चालित भारतीय संयुक्त लगानीका बैंकहरु उत्साहीत देखिन्छन् । नेपाल एसबीआई बैंकले भारतीय रुपैँयामा ऋण ल्याउन सकिने बताएको छ । नेपाल एसबीआई बाहेक, एभरेष्ट बैंक पनि भारतीय संयुक्त लगानीमा सञ्चालिन बैंक हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x