Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

तिहार लक्षित १७ लाख रुपैयाँ भन्दा बढीको प्लास्टिकको फूलमाला आयात

तिहार लक्षित १७ लाख रुपैयाँ भन्दा बढीको प्लास्टिकको फूलमाला आयात

काठमाडाैं, ११ कार्तिक । तिहारका लागि १७ लाख रुपैयाँ भन्दा बढीको बराबरको प्लास्टिकको फूलमाला आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १७ लाख ३७ हजार रुपैयाँ बराबरको ४ हजार २२८ किलो प्लास्टिकका फूलमाला आयात भएको छ ।

उक्त फूलमाला आयात हुँदा ९ लाख २३ हजार रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ।

यता काठमाडौं महानगरपालिकाले तिहार तथा छठ पर्वलाई मध्यनजर गरी प्लास्टिकका फूलमाला एवं सजावटका सामान बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । महानगर क्षेत्रभित्र कसैले प्लास्टिकका फूलमाला, सजावटका सामान बिक्री गरे आर्थिक ऐन ०८१ र काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन ०७७ बमोजिम जरिवाना गर्ने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x